राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव लगाइ पदबबाट हटाउन माग

काठमाडौँ – नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव लगाइ पदबबाट हटाउन माग गरेको छ।

तरुण दलका अध्‍यक्ष जीतजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रपति ज्‍यूको भूमिका सबै नागरिकको अभिभावक हुनु पर्नेमा प्रधानमन्त्रीको कारिन्दा संविानको भक्षक जस्तो दखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदाबाट हटाइ मुलुकको संकटबाट मुक्त गर्न नेपाल तरुणदल माग गर्दछ।’

यस्तै प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढंगले ल्‍याएको संवैधानिक परिषद्‌ संबन्धित अध्‍यादेश तत्काल फिर्ता लिन तरुण दल केन्द्रीय समितिले माग गरेको छ।

प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाई बन्धक बनाएर र उप(सभामुख जस्तो गरिमामय पद खाली राखेर संवैधानिक परिषदसम्बन्धी अध्‍यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत रहेको तरुण दलको ठहर छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*