बकैयामा अबैध रुपमा लगाइएको गाँजा खेती प्रहरीद्धारा नष्ट
हेटौंडा । मकवानपुरको बकैयामा अबैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । बकैया ६ गोवरस्थान लगायतको एरियाहरुमा लगाइएको हरियो गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
लागू औषध गाँजा खेती फडानिको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा संयुक्त २० जना प्रहरी टोलीले ७ बिगाहा लागू औषध गाँजा खेति फडानी गरी नष्ट गरिएको हो । अबैध रुपमा मकवानपुरको विकट गाउँमा अहिले पनि गाँजा खेती भइरहेको छ । यसलाई प्रहरीले जानकारी पाउने वित्तिकै नष्ट गर्दै आएको छ ।
























