मकवानपुरमा यो वर्ष धान उत्पादन बृुद्धि

हेटौंडा । मकवानपुरमा यस वर्ष धान उत्पादन बढेको छ । धान उत्पादन बृद्दि भएपनि उत्पादकत्वमा ह्रास आएको छ । यस वर्ष मकवानपुरमा ३६ हजार ४५० मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष यस जिल्लामा ३४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो एक हजार ६७४ मेट्रिक टनले बढि हो । मकवानपुरमा यो वर्ष समयमै धान रोपिएकाले पनि उत्पादनमा बृद्दि आएको हो ।

गत वर्ष भन्दा यो वर्ष धान खेती विस्तार भएपनि उपादकत्वमा भने गिरावट आएको बागमती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जानकारी दियो । यहाँ गत वर्षभन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो । बागमती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष धान पसाउने बेला रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग लागेकाले उत्पादकत्वमा कमी आएको हो ।

गत वर्ष मकवानपुरमा ९ हजार ४५० हेक्टरमा धान खेति गरिएकामा उत्पादकत्व ३.६८ रहेको थियो । यस वर्ष धान उत्पादन क्षेत्रफल बृद्दि भएपनि उत्पादकत्व कमी देखिएको छ । यो वर्ष ११ हजार हेक्टरमा धान खेति गरिएको भएपनि उत्पादकत्व ३।३१ रहेको छ । गत वर्षको तुलनामा शुन्य दशमलब ३७ ले उत्पादकत्व घटेको छ । यो वर्ष धान उत्पादन क्षेत्र एक हजार ५५० हेक्टरले बृद्दि भएको छ ।

यस वर्ष किसानले धान पसाउने समयमा रासायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमासमेत राते, गबारो, पोकेलगायतका विभिन्न रोग लागेको थियो ।

धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । यस वर्ष धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।

जिल्लाका किसानले लगाएको धान समर्थन मूल्यमा किनबेचका लागि सहकारीलाई खरिद गर्न आवेदन खुला गरिएको भए पनि अहिलेसम्म कुनै चासो नदेखिएको हो ।

प्रदेशमा धान उत्पादन

बागमती प्रदेशमा यो बर्ष समग्रमा धान उत्वादन बढेयको देखिन्छ । गत वर्षको तुलनामा धान उत्पादन बढेपनि प्रदेशमा पनि उत्पादकत्वमा भने कमी आएको छ ।

वागमती प्रदेशको मुख्य बाली धानको उत्पादन क्षेत्रफल बृद्दिको अनुपातमा उत्पादकत्वमा कमी देखिएको हो । गत वर्ष प्रदेशभर धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेकोमा यस वर्ष घटेर ३.६४ प्रतिशतमा झरेको छ ।

बागमती प्रदेशको कृषि विकाश निर्देशानालयको योजना,अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञका अनुसार गत वर्ष प्रदेशको जिल्लामा एक लाख ११ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष सो विस्तार भएर एक लाख २५ हजार १०७ हेक्टर पुगेको छ ।

गत वर्ष चार लाख २७ हजार १८२ मेट्रिक टन धान उत्पादन भएकोमा एस वर्ष बृद्दि भएर चार लाख ५५ हजार ८२० मेट्रिक टन धान उत्पादन भएको छ । क्षेत्र विस्तार अनुसार धान उत्पादनमा बृद्दि भएता पनि उत्पादकत्वमा भने ह्रास आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*