वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै २०७८ को वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
मन्त्रिपरिषदको निर्णयपछि संसद विघटनको सिफारिस लिएर शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले वैशाख २३ मा निर्वाचन गराउने प्रस्ताव गर्नुभएको बताइएको छ । तर यसको अनुमोदन भने राष्ट्रपति कार्यालयबाट भइसकेको छैन ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएको छैन ।
























