टिकटक बनाउने क्रममा पुलबाट खसेका घाइते युवकको मृत्यु

दाङ – टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी २४ वर्षीय रमेश थापाको उपचारको क्रममा मृत्यु भएको हो ।शनिबार पुरन्धाराको छहरामा वनभोजका लागि गएका बेला झोलुंगे पूलमा झुन्डिएर टिकटक बनाउने क्रममा खसेर घाइते भएका थिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागि कोहलपुर लगिएको थियो । त्यहिँ उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*