नेकपाको केन्द्रिय समितिमा मकवानपुरका मधुशुदन खतिवडा पनि मनोनित
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रिय सदस्यामा मकवानपुरका मधुशुदन खतिवडा पनि मनोनित भएका छन् । मंगलबार केन्द्रीय सदस्यमा मकवानपुरका ५ जनाले स्थान पाएका थिए ।
मंगलबार बसेको बैठकले रामचन्द्र राई, अनन्त पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ र महेश बर्तौलालाई मनोनित गरेको थियो । यसअघि केन्द्रिय कमिटीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र रामेश्वर राना केन्द्रिय कमिटीमा कायमै रहेका छन् । यो संगै नेकपाको केन्द्रिय कमिटीमा मकवानपुरका ८ जना रहने भएका छन् ।
त्यस्तै ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
























