मकवानपुरमा कोरोनाको सक्रिय संक्रमित ७८ जना

हेटौंडा । मकवानपुरमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ६६९ जना रहेका छन् ।

जिल्लामा कोरोना पुष्टि भएका ३ हजा ७८० जनामा हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

जिल्लामा ७८ जना सक्रिय संक्रमित उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यलयका सूचना अधिकारी राम केसीले जनकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमितमा ७७ जना घरमै र १ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा ७ जनामा कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*