चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न आज बिहान राजदूत यान्छी खुमलटार गएकी थिइन् । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।

नेकपाभित्र विवाद बढ्दा चिनियाँ राजदूतले आफ्नो सक्रियता बढाउने गरेकी छिन् । यस अघि कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिसँग भेट गरे पनि यस पटक भने उनको भेटले सार्थकता पाएन । यद्यपी नेकपाका विशिष्ट नेताहरु सँगको उनको भेटलाई भने नेपाली राजनीतिमा अर्थपूर्णरुपमा लिने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*