नेकपा स्थायी कमिटी बैठक बबरमहलमा सुरु

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बबरमहलमा सुरु भएको छ।

आज बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो। बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको बैठकमा नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरु उपस्थित रहेका छन्।

स्थायी कमिटी बैठकले महासचिवलगायतका प्रस्ताव तयार गर्ने जनाएको छ। महासविचमा तीन जनाले रुचि देखाएका छन्।

नेकपा महासविचका लागि सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा रहेका छन्। सहमतिमै महासचिव तय गर्न लागिएको छ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने नेकपाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*