मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको पत्र दर्ता

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध आफ्नै पार्टीका प्रदेश सभा सदस्यहरुले अविश्वासको पत्र दर्ता गरेका छन् ।

प्रदेश सभाका ४५ जना सदस्यले पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपाको प्रचण्ड, नेपाल समूहका एकजना प्रदेश सभा सदस्यले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशका तीनजा मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएकाछन् ।

प्रदेशकान आन्तरिक मामिला तथा कनून मन्त्री शालिकराम जम्कट्टेल,, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजिनामा दिनुभएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*