हेटौंडामा बस दुर्घटना हुदा एकको मृत्यु, आठ घाइते

हेटौंडा । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुदा एकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडाको १९ नम्बर वडा बस्तिपुरमा केहि समय अघि भएको बस दुर्घटनामा उपचारको क्रममा हेटौंडा अस्पतालमा एकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

त्यस्तै ८ जना घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले बताएको हो । यात्रु बोकेर चितवन तर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार कति घाइते छन् पुरा विवरण आइनसकेको र घटना स्थलबाट दुई वटा एम्बुलेन्सबाट उद्दार भएको जनाएको हो ।

थप विवरण केहि समयमा आउने मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*