अशक्त महिलामाथि करणी गर्ने मकवानपुरका ६२ वर्षका पुरुष पक्राउ

हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ कि एकजना अशक्त महिलामाथि करणी गरेको अभियोगमा प्रहरीले एकजना ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले ति ब्यक्तिको विषयमा थप अनुसन्धान गर्न सात दिनको म्याद समेत थपेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय २१ वर्षीया अशक्त महिलामाथि करणी गरेको आरोपमा ती महिलाको ठुलो बुबा नाता पर्ने ६२ वर्षीय परुषलाई पक्राउ गरिएको हो ।

गत पुस २ गते घरमा कोहि नभएको मौका छोपी ति पुरुषले एक हात र एक खुट्टा९प्यारालाईसिस० भएकी पीडित युवतिलाई खुट्टा निको पार्ने भन्दै करणी गरेका थिए ।

करणीको विषयमा अरु कसैलाई जानकारी दिने ज्यान मार्दिैने धम्की दिएको समेत पीडित युवती पक्षले जनाएको छ । पीडित युवती बोल्न समेत समस्या रहेको कारण घटना गत शुक्रबारमात्र थाहा भएपछि प्रहरीले शुक्रबारनै ति बृद्धलाई पक्राउ गरि सात दिन म्याद थप गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*