देउवाले चिनियाँ टोलीलाई भेटे

१४ पुष २०७७, मंगलवार
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ टोलीले देउवा निवास बुढानिलकण्ठ पुगेर उहाँसंग भेटवार्ता गरेको देउवाको सचिवालयले जानकारी दिएको छ । नेकपा विभाजनमा गएपछि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर सो टोली आएको बुझिएको छ ।

यसअघि, आइतबार विशेष विमानबाट नेपाल आएको सो टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग भेट गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*