काठमाडौँमा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

१४ पुस २०७७, मंगलबार

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को दाहाल(नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौँका १३ ठाउँबाट जुलुस निकालेको छ।
जुसुमा उल्लेख संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएका छन् । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल(नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दैछ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । काठमाडौँका १३ स्थानबाट शीर्ष नेताहरू सहभागी भएर जुलुस निकालिएको छ । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रि(चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*