प्रचण्ड र माधब नेपालका कारण यो अबस्था आयो : नेता कृष्ण प्रसाद दाहाल
१४ पुस,काठमाडौं । नेकपा मकवानपुरका नेता प्रतिनिधि सभाका निवर्तमान सदस्य कृष्ण प्रसाद दाहालले प्रचण्ड र माधव नेपालका कारणले गर्दा देशमा गम्भीर अवस्था सिर्जना भएको बताएका छन ।
आज काठमाडौको एक होटेलमा काठमाडौं मकवानपुर सम्पर्क कमिटीले आयोजना गरेको एक भेलालाई सम्बोधन गर्दै नेता दाहालले अहिले को सम्पुर्ण अवस्था सिर्जनाको जड प्रचण्ड ,माधव र झलनाथ खनाल हुन सत्ता लोभि र पापीका कारण नेपाल को राजनीति यो मोडमा पुगेको निश्कर्षका साथ अब प्रधानमन्त्री केपि ओलि नेतृत्वलाई साथ समर्थन गर्दै जनताको बहुदलीय जनबादलाई स्विकार्दै अगाडि बढने बताउनु भएको छ । उनीहरुलाई पद नै चाहिने तर पार्टीको जिम्मेवारी अनुसार कार्य नगर्ने महाधिवेशन को कुनै तयारी नगर्ने दिनहुँ बैठक आयोजना गरेर आफु र आफ्नो लागि मात्र कुरा गर्ने जनताको दुखका कुरा नगर्ने भन्दै नेता दाहालले स्थायी सरकारको लागि जनताद्वारा अनोमोदित सरकारलाई विपक्षीले भन्दा आफ्नैले घेराबन्दी गरि अविश्वास को प्रस्ताव नै तयार गरेर सत्ता र पार्टी कब्जा गरि जनताले दिएको मत बिपरित देशको राजनीति भविस्यलाई अस्त व्यस्त बनाउने खेल खेलेको हुनाले आजको स्थिति आएको र ६४ प्रतिशत बहुमत प्राप्त सरकारले चुनावमा जान्छु जनता सँग जान्छु भन्दा प्रचण्ड, माधव र झलनाथ कमरेडहरु चुनाव देखि भागेर रोडमा जानु गलत भएको बताउनु भएको छ ।
























