अमेरिकामा एकैदिन संक्रमितको मृत्यु ३ हजार ३९८

 

१५ पुस २०७७, बुधबार

अमेरिकामा एकैदिन ३ हजार ३९८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ५७९ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १८ लाख ४४ हजार ४७२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७७ लाख ८६ हजार ६५३ जनामध्ये २९ हजार १३२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*