प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छैन – सभामुख सापकोटा

१६ पुस, २०७७
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन्।

बिहीबार विभिन्‍न पार्टी सम्बद्ध महिला संघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यसअघि नै विज्ञप्ति निकालिसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिका बारे परामर्श लिइरहेको बताएका छन्।

उनले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि जिकिर गरे। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको कुरालाई समावेश गरेर अदालतमा उत्तर दिन लागेको छुु, उनले भने, संविधानको रक्षा, देश र जनताको हितमा सँधै समर्पित भएर काम गर्ने प्रतिबद्धता समेत जनाउँछु।

महिला संगठनहरुले बुझाएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालीन अन्धकारको सुरुङ भित्र धकेलिदिएको उल्लेख छ।

उनीहरुले प्रतिनिधि सभा विघटनको घोषणा खारेज हुनुपर्ने माग समेत गरेका छन्। प्रतिनिधि सभालाई पुनस्स्थापना गर्न नसके अब बन्ने कुनै पनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधि सभा विघटन गर्ने नजिर रहने भन्दै महिला संगठनहरुले चिन्ता व्यक्त गरेका छन्।

ज्ञापनपत्र बुझाउनेहरूमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूह सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ, विवेकशील साझा पार्टी निकट विवेकशील साझा महिला रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*