प्रदेश १ का १५ सांसद निलम्बित

विराटनगर, १६ पुष । संघीय सरकारको राजनीतिक बाछिटाले प्रदेशमा पनि उत्तारचडाब र गुट उपगुटको गणितीय खेल सुरु भएको छ ।

प्रदेश नं. १ मा पनि संसदीय दलका उपनेता टंक आङबोहाङले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर प्रदेश सांसद भीम आचार्यलाई निर्वाचित गरिएको पत्र दर्ता गराउनु भएको छ ।

नेकपा संसदीय दलको बैठक पुष १९ गते बोलाइएको थियो, तर, आकस्मिक रुपमा पुष गते बैठक बसेर संसदीय दलको नेता परिवर्तन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

यसैबीच नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले स्पष्टिकरण नबुझाउने १५ जना प्रदेश सांसदहरुलाई ३ महिनाका लागि प्रदेश सांसदको रुपमा कामकारवाही गर्न नसक्ने गरी निलम्बन गरिएको जानकारी दिनुभएको छ ।

१५ जना सांसद निलम्बनको पत्र समेत प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । प्रदेश सरकारविरुद्ध नेकपाका ३७ जना प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा ओली समूह र दाहाल–नेपाल समूहले एक अर्कालाई कारवाही गर्ने प्रक्रिया शुरु भएको छ ।

एउटा गुटले दलको नेताबाट हटाउने र अर्को गुटले स्पष्टिकरणसहित निलम्बन गर्ने होडबाजीले अबको राजनीति कतातिर धकेलिन्छ रु भनेर अनुमान गर्न कठिन देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*