मनोजबहादुर न्याछ्यो ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष

पुस १९ ललितपुर – ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी हुनु भएको छ । प्यानलसहित चुनावी मैदानमा उत्रेका भरतलाल जोशीलाई पराजित गरेर न्याछ्यों अध्यक्षमा निर्वाचित हुनु भएको हो।

ललितपुर उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभा अन्तर्गत शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग उपाध्यक्ष सुशन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य, संस्थागत उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, महासचिव रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कमाचार्य निर्वाचित हुनु भएको हो ।

त्यस्तै कार्यसमिति सदस्यमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाक्य, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ठ, गुनकेशरी ताम्राकार, रमेश महर्जन, शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य निर्वाचित हुनु भएको छ।

यसअघि पूर्ण महर्जन र नविनमान श्रेष्ठ कार्यसमिति समितिमा निर्विरोध निर्वाचित हुनु भएको थियो । २२ पदका लागि भएको निर्वाचनमा ४२ को उम्मेदवारी परेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*