युवा जनसक्तिलाई उपमहानगरले प्रविधि सहयोग गर्दै

पुष १९ हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले तालिम प्राप्त गरेर काम गर्न चाहने युवा जनसक्तिलाई प्रविधि हस्तान्त्रण गर्ने भएको छ ।
तालिम प्राप्त जनसक्तिलाई उद्यम सञ्चालनका लागि साझेदारीमा उपकरण औजार सहयोग कार्यक्रममा ४ लाख रुपैयाँ बजेट छुट्याइएको र अरु थप समेत गरेर सहयोग गरिने मेयर महतले वताउनुभयो ।

तालिम लिने तर, प्रमाणपत्र सिरानीमा राखेर काम नपाउने समस्याको न्युनीकरण गर्नका लागि प्रविधि हस्तान्तरण समेत गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर मतले वताउनुभयो ।

यसैगरी प्रतिस्पर्धामा छनौट भएका व्यावसाय विकास सेवा प्रदायक संस्थाहरु मर्फत उद्यमीको स्तरउन्नतीको कामका लागि पनि सहयोग गरिने भएको छ । आवस्यक्ता पहिचान भएका आधारमा पुनर्ताजगी र एड्भान्स सीप विकास तालिम समेत दिइने भएको हो । त्यसका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडामा बेरोजगार भएकाहरुलाई बिभीन्न स्वरोजगारमुलक तालिम दिएर रोजगारी सृजना गर्ने कार्यक्रम ल्याइएको छ । चालु आर्थिक वर्षको बजेटमा बेरोजगारलाई फरक खालका तालिम दिएर स्वरोजगार बनाउन लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

युवालाई स्वरोजगार बनाउनका लागि गरगहना बनाउने, फर्निचर, वेटर, मोवाइल मर्मत, हेयर कटिङ, अटो मेकानिक लगायतका तालिमलाई प्राथमिकता दिएको मेयर महतले वताउनुभयो । बिशेषगरी यस्ता कार्यक्रमबाट युवालाई प्राथमिकता दिन लागिएको छ । यस कार्यक्रममा तालिमका लागि मात्र ३ लाख रुपैयाँ छुट्याइएको छ ।

बैदेशीक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमानै टिकाइ राख्नेगरी कार्यक्रम पनि ल्याइएको छ । उनीहरुका लागि आय मुलक कार्यक्रममा सहयोग गरिने मेयर महतले वताउनुभयो । यसका लागि ४ लाख रुपैयाँ मार्फत काम गर्न सुरु गरिएको छ । उपमहानगरपालिकाले महिला द्वारा उत्पादीत सामाग्रीको बजारीकरण गर्ने, महिला उद्यमीहरुलाई सहयोग गर्ने लगायतका काम गर्न लागिएको छ ।

त्यसैगरी हस्तकला सामाग्री उत्पादन तथा प्रवर्दन कार्यक्रममा पनि स्थानीय सरकारले सहयोग गर्न लागेको छ । यसका लागि चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ मार्फत काम गर्न लागिएको उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*