उपाध्यक्ष मनिला विष्ठको राजिनामा स्वीकृत
पुष १९ हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजिनामा गाउँपालिकाले स्विकृत गरेको छ । २० दिन अगाडी दिइएको राजीनामा स्वीकृत भएको हो । मंसिर २९ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई दिएको राजिनामा स्वीकृत भएको हो । उपाध्यक्ष बिष्टको राजिनामा शुक्रबार स्विकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
राजीनामा दिएपछी नेपाली काग्रेशबाट जितेका वडा अध्यक्ष र नेकपाबाट जितेका कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाको कुनैपनि कार्यक्रम गर्न नदिने चेतावनीपछी राजिनामा स्वीकृत भएको अध्यक्ष उप्रेतीले वताउनुभयो । काग्रेश र नेकपाका कार्यपालिकाका सदस्यहरुले उपाध्यक्ष विष्ठले दिएको राजीनामा सार्वजनिक गर्न माग गरेका थिए । यदी राजीनामाको विषयमा जानकारी नदिएमा कार्यपालिकाको बैठकनै बस्न नदिने भएपछी राजीनामा स्वीकृत गर्न बाध्य भएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।
मंसिर २९ गते खामवन्दी गरेर अध्यक्ष समक्ष राजिनामा बुझाउनु भएको थियो । यता गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ठले भने आफुले अध्यक्ष समक्ष राजिनामा नदिएको वताउनुभएको छ । अहिले पनि आफु गाउँपालिकाको कार्यालयमा काम गर्दै गरेको वताउँदै उहाँले आफुले राजिनामा नदिएको वताउनुभयो । सुक्रबार अपरान्ह ५ बजेपछी दुइजना कर्मचारीले राजिनामा दर्ता गरेको भन्ने कुरा आफुले बुझेको वताउनुभयो । तर, आफुले राजिनामानै नदिएको उपाध्यक्ष विष्ठले वताउनुभयो ।
























