अष्टमलक्ष्मीको समर्थन देखिएका तीन सासद पौडेल तीर लागे

पुष १९, काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सासदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । संसदिय दलको नेता र मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताब गरिएका अष्टलक्ष्मी शाक्यको समर्थन देखिएका तीन सासदहरु काठमाडौं–७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं–१० ‘ख’की रमा आलेमगर र चितवन–३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएका छन् ।

नेकपाको नेपाल – दाहाल समुहले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । नेकपाको कुल ८० सासद रहेको वागमती प्रदेशसभामा अबदहाल नेपालको पक्षमा ४२ सासद र ओली पक्षमा ३८ सासद देखिएका छन् ।

ओली निकट सासदका अनुसार एक दुइृ भित्र अन्य केही सासदहरले पनि हस्ताक्षर फिर्ता लिने तयारी भै रहेको छ । यहि अबस्थमा मुख्यमन्त्री पौडेल बिरुद्धको अबिश्वासको प्रस्ताब पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली काग्रेसको मत निर्णायक बन्ने अबस्था रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*