नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ पक्राउ

१९ पुस काठमाडौँ – नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट दुबई जान लागेको सात जनाको टोलीलाई शनिबार साँझ विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानसहित तराईका जिल्लाका युवाहरू रहेको प्रहरीले जनाएको छ । नक्कली पीसीआर बनाइएको स्थान र सञ्चालकसम्म पुग्न पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*