शंकर ज्योति विद्यालयका विद्यार्थीलाई न्यानो स्वेटर वितरण
१९ पुस,हेटौंडा । समाजिक कार्यमा क्रियाशिल संस्था ड्रिम स्क्वाड मकवानपुरले हेटौंडा–११ सिमल्टारमा रहेको शंकर ज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ ।
विपन्न तथा कमजोर आर्थिक अबस्थाका कारण सर्टको भरमा मात्र विद्यालय आइरहेका ५२ जना विद्यार्थीहरुको लागि स्वेटर र २ जना छात्राहरुको लागि स्कुल ड्रेस सर्ट पाईन्ट बितरण गरिएको ड्रिम स्क्वाड मकवानपुरका अभियान्ता बालकृष्ण दाहालले जानकारी दिए ।
स्कूल पढ्ने बेलाका साथीहरु मिलेर स्थापना गरेको समुह मार्फत बढ्दो जाडोलाई मध्यनजर गरी आज २५ हजार बराबरको न्यानो स्विटर बितरण गरिएको दाहालले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुुकुुन्द न्यौपाने, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुुर्य बहादुर खुलाल तथा शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।
























