मकवानपुरमा हिउँ पर्ने सम्भावना
पौष २० हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ तथा दामन क्षेत्रमा आज बिहानैदेखि क्षेत्रमा चिसो बढ्नुको साथै हिउँ पर्ने सम्भावना देखिएको छ ।
सिमसिम पानी परेमा समेत हिउँ पर्ने सम्भावना बढी रहने बताईएको छ । आज बिहानदेखि देशको राजधानी काठमाण्डौमा हल्का वर्षा भईरहेको र देशको अधिकाशं क्षेत्रमा पानी सम्भावना रहेको छ ।
आज बिहानैदेखि सिमभञ्याङ तथा दामन क्षेत्रमा चिसो बढ्नुको साथै अन्य दिनको भन्दा फरक मौसम रहेको र वर्षाको सम्भावना रहेको साथै हल्का वर्षा भएमा सिमभञ्ज्याङ तथा दामन क्षेत्रमा हिउँ पर्ने सम्भावना धेरै रहने एक स्थानीयले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, रातिसम्म देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
























