हेटौंडा बजार क्षेत्र सडकका खाल्डाखुल्डी पुर्न सुरु
पुष २० हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको रोडबाट खाल्डा भएको स्थानमा पुर्न सुरु गरिएको छ । हेटौंडाका विभीन्न सडक जिर्ण बनेर खाल्डा खुल्डी भएपछी आजबाट पुर्न सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
खाल्डा भएका स्थानमा सबै भत्काएर पुरै सडक निर्माण गर्दा ठुलो रकम खर्च हुने र एकै वर्ष त्यो काम सक्न समेत समस्या हुने भएकाले सडकका खाल्डा भने तत्काल पुर्ने मेयर महतले वताउनुभयो ।
बजार क्षेत्रका सबै सडकमा भएका खाल्डाखुल्डी एक हप्ता भित्रमा पुरी सक्ने पनि मेयर महतले वताउनुभयो । खाल्डाखुल्डी भएका कारण दुर्घटनाको जोखिम बढेको र सडकको सुन्दरता समेत घटेकाले आजबाट पुर्न सुरु गरिएको हो ।
यसैबिच हेटौंडा ५ सानोपोखरामा स्लाब ढलान निर्माण गरिएको छ । सानोपोखराको राइटोल देखि चिम्नीडाँडा सम्म स्लाब ढलान गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । २ सय ९० मिटर लम्बाइ रहेको सडक ३२ लाख रुपैयाँमा निर्माण गरिएको उहाँले वताउनुभयो । हेटौंडाका वडा वडामा सडक पक्की निर्माण गर्ने काम तिब्र रुपमा अगाडी बढेको छ ।
























