मकवानपुरमा गोली लागेर घाईते बनेका वाइवा को उपचार हुँदै
पौष २० हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ कटहरेमा गोली लागेर घाईते वाइवालाई उपचारको लागि हेटौँडा ल्याईएको छ । गत पुस १६ गते शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर घाईते भएका कैलाश ५ बस्ने ५८ बर्षीय कृष्ण बहादुर वाइवालाई उपचारको लागि हेटौँडा ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको हेटौँडामा रहेको सहकारी अस्पतालमा उपचार भैरहेको छ ।
सिकार खेल्ने क्रममा घाईते बनेका वाईवाको घटना लुकाउन खोजिएको भएपनि उनको स्वास्थ्यअवस्था खराब र्भपछि हेटौँडा ल्याईएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धनानको लागि थाहा नगरपालिकाबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
























