उपप्राध्यापक तहमा एकैपटक ठूलो संख्यामा आवेदन खुलाउँदै त्रिवि
पुस २० काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा एकैपटक उपप्राध्यापकका लागि आवेदन खुलाउने तयारी गरेको छ।
त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले सेतोपाटीलाई दिएको जानकारीअनुसार त्रिविले छिटै करिब पाँच सय जना उपप्राध्यापकका लागि आवेदन खुलाउँदैछ।
‘खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्तिका लागि आवेदन गर्ने हाम्रो तयारी छ,’ उनले भने, ‘कहाँ कति प्राध्यापक रिक्त छन् त्यसको सबै जानकारी लिने काम भइरहेको छ। छिटै आवेदन खुलाइन्छ।’
त्रिविमा आंशिक प्राध्यापकहरूले आफूहरूलाई करार गर्नुपर्नेजस्ता माग राखेर आन्दोलन गरिरहेका बेला त्रिविले उपप्राध्यापक पदमा आवेदन खुलाउने तयारी गरेको हो।
























