मकवानपुरको कैलाशमा अस्पताल सहित १४ वटा स्वास्थ्य संस्था

पुष २२ हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा १० शैयाको अस्पताल सहित १४ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भइरहेका छन् । स्वास्थ्य संस्थाका भवन निर्माण गर्नका लागि तीनै तहका सरकार र गैरसरकारी संस्थाले समेत लगानी गरेका छन् ।

बिकट कैलाशका सबैजसो वडामा स्वास्थ्य संस्थाका भवन निर्माण भएपछी बिरामीको उपचार गर्न सहज हुने भएको छ । अहिले आफ्ना भवन नहुँदा समस्या भोग्दै आएका स्वास्थ्य संस्थाका भवन निर्माण भएपछी उपचार सेवा पनि थप गर्न सकिने कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले वताउनुभयो ।

कैलाशको कालिकाटारमा बहुवर्षिय योजना अनुसार १० शैयाको अस्पताल निर्माण भइरहेको छ । त्यसैगरी गोगने स्वाथ्यचौकी र डाँडाखर्क स्वास्थ्यचौकीको भवन पनि निर्माण भइरहेको छ । कैलाशका ६ वटा वडामा सामुदायिक स्वाथ्य इकाइका ६ वटा भवन निर्माणको काम भइरहेको अध्यक्ष मोक्तानले वताउनुभयो । कैलाश गाउँपालिका वडा नम्बर २, ४, ६, ८, ९ र १० नम्बर वडामा ४२ लाख रुपैयाँका दरले खर्च गरेर सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भइरहेको हो ।

यसैगरी कैलाशमा नेपाल सैनीक श्रीमतीसंघको लगानीमा ६८ लाख रुपैयाँ लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै छ । यसको काम सुरु गरिएको छ । ६० लाख रुपैयाँ संघले बेहोर्ने र ८ लाख रुपैयाँको सामाग्री गाउँपालिकाले लगानी गर्ने उहाँले वताउनुभयो ।

यसैगरी साग्रिला डेभलपमेन्ट संस्थाले ३५ लाख रुपैयाँ लागतमा आधुनिक बर्थिङ सेन्टर निर्माण गरेको छ । यसैगरी कैलाश २ र ८ मा गाउँघर क्लनीकका दुइवटा भवन पनि निर्माण हुँदैछन् । यसैगरी सृखला खतिवडाले निर्माण गरेको निको स्वाथ्यचौकी भवन भने निर्माण भएर सञ्चालनमा आएको छ । कर्मचारीलाई आवास सहितको भवन सञ्चालनमा ल्याइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*