प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलन सुरु
पुस २२, काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।
पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ । उपत्यकाबाहिर भने बुधबार सिट्ठी जुलुस आयोजना गरिएको अनेरास्ववियूका सह—संयोजक रञ्जित तामाङले बताए ।
बुधबारको लाल्टिन जुलुसमा ुदिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है १ संविधानमा संसद् विघटनको धारा खै रुु लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।
























