पञ्चकन्या माबिको व्यवस्थापन समितिको लागि प्रतिनिधि चयन
मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपास्थित श्रि पन्चकन्या माबीको ५९ औँ अभिभावक भेला सम्पन्न भएको छ।उक्तअभिभावक भेलाले शिक्षा ऐन अनुसार दुई जना पुरुष र दुई जना महिलालाई नयाँ व्यवस्थापनसमितिको प्रतिनिधी चयनगरिएको छ ।उक्त चयन भएका प्रतिनिधीमा महिलातर्फ बाट प्रतिमा कार्की र जुनुमाया नगरकोटी त्यसैगरि पुरुषतर्फ विनोद अधिकारी र राजु कार्की रहेका छन् ।
अभिभावक भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीको अध्यक्षता तथा भीमफेदी गाउपालिका वडा नम्बर ८ का अध्यक्ष नवराज अधिकारिको प्रमुख आतिथ्यतामा भयको थियो । शिक्षा ऐन अनुसार व्यवस्थापन समितिको प्रतिनिधी चयन गरिएकोको विद्यालयको प्रधानाध्यापक शुरेस कुमार ठकुरिले जानकारि दिनुभयो ।
विद्यालयका सहायक प्रअ अमृत प्रसाद भट्टराईले सन्चालन गर्नु भएको कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख कपिल मणि पोखरेल,गोबिन्द चौलागाई समाजसेवि आन्नद कठायत लगाएतको आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिमा सोहि वडाको वडाअध्यक्ष र सोहि विद्यालयका प्रध्यानाध्यापक स्वत सदस्य हुने व्यबस्था छ भने दुई जना मनोनित मार्फत लेराइने छ । प्रधानाध्यापक ठकुरिले बताउनु भयो । कार्यक्रममा २०७६ को एस.ई.ई उत्कृष्ट दुईजनालाई स्वर्गीय अभिषेक कठायत छात्रा वृद्वि प्रदान गरेको थियो ।
























