भोली हेटौंडामा उपप्रधानमन्त्री पोख्रेल आउँदै

पौष २४ हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एबम् सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा आउने भएका छन् । नेकपा मकवानपुरको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोख्रेल पुस २५ गते (भोली) हेटौंडा आउन लागेका हुन् ।

बर्तमान राजनितिमा भईरहेको घटनाक्रमका बारेमा सचेत गराउन उनी हेटौंडा आउन लागेका हुन् । नेकपामा छुट्टै प्रभाब बनाएका नेता पोख्रेल हेटौंडा आउने भएपछि कार्यकर्तामा थप उत्साह पनि थपिएको छ ।

भोलीको कार्यक्रम नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध प्रचण्ड माधब समूहले फैलाएको भ्रम चिर्ने अभियान हुने नेकपा मकवानपुरले जनाएको छ ।

कार्यक्रममा नेता पोख्रेलसहित नेकपा बागमती प्रदेश सहईन्चार्ज तथा केन्द्रिय सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य एबम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने नेकपा मकवानपुरका सहईन्चार्ज रामेश्वर रानाले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*