लागू औषध गाँजासहित ८ जना पक्राउ

पुष २४ मकवानपुर– मकवानपुर प्रहरीले मनरहरी सिम्पानीबाट लागू औषध गाँजासहित आठजनालाई पक्राउ गरेको छ ।

गाँजा ओसार पोसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं.२ का वर्ष २२ का सुजन प्रजा,वर्ष २५ का दिपक लामा, वर्ष ५२ का कान्छाराम लामा, वर्ष ४५ का गोपाल चेपाङ्ग, वर्ष ३१ का रतन सिङ्गतान, वर्ष ३६ का उदास ब्लोन, वर्ष २५ का प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा ४ का वर्र्ष ३४ का सिताराम सिङ्गतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीले उनीहरुबाट ४४ किलोग्रमा लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले मनहरीबाटै थप ८६ किलोग्राम गाँजा समेत बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजासहित मानिसहरुलाई नियन्त्रणमा लिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*