प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमणबारे बेखबर मुख्यमन्त्री

पुस २४,धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । नेकपामा देखिएको राजनीतिक विभाजनसँगै आफू पक्षका कार्यकर्तालाई सम्बोधन गर्न उनी पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार आफ्नो पक्षका कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । केहीबेर अघि धनगढी आइपुगेका उनलाई आफ्नै पक्षका नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरे पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु भने स्वागतमा सहभागी भएनन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणबारे मुख्यमन्त्रीलाई कुनै जानकारी दिइएको छैन ।

‘भ्रमणबारे प्रदेश सरकारलाई जानकारी नै गराइएको छैन, खासगरी मुख्यमन्त्रीलाई भ्रमणबारे जानकारी दिनुपर्नेमा त्यस्तो जानकारी नै दिइएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणबारे मुख्यमन्त्री बेखबर हुनुहुन्छ, मिडियाबाट हामीले प्रधानमन्त्री आएको जानकारी पाएका छौँ ।’

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव ओलीका अनुसार प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेट गर्ने कार्यक्रमसमेत छैन । ‘औपचारिक जानकारी नै नगराइएपछि प्रधानमन्त्रीलाई त्यसै भेट गर्न जाने कुरा भएन,’ उनले भने, ‘त्यसमा पनि उहाँ प्रदेश सरकारको निमन्त्रणामा आउनुभएको होइन, पार्टीको एउटा गुटको भेलामा आउनुभएका कारण भेटवार्ताको कार्यक्रम छैन ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*