किन छाडे रवि लामिछानेले न्युज २४ टेलिभिजन
पुस २५ काठमाडाैं। चर्चीत कार्यक्रम प्रस्ताेता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन। लामिछानेले ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको जानकारी गराएका हुन् । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन्। उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।
उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन्। सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ।नी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृतचाहिँ भएको छैन’, सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ ले टिभी छाड्नुभएको छ ।’
ती सदस्यका अनुसार सिधा कुरा जनतासँग अब दुई/तीन एपिसोड प्रसारण हुने छ । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे ती सदस्यले बताए । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन । नयाँ योजनामा काम गरिरहेकाे छु’, लामिछानेले भने, ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’
कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए ।
























