पछिल्लो २४ घण्टामा ७ लाख ७९ हजारभन्दा बढी संक्रमित

पुुस २५ काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख ७९ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार १०१ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ९२ लाख ९० हजार ३२३ र मृत्यु हुनेको संख्या १९ लाख २० हजार २२१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६३ हजार ७२७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१३ जनाले ज्यान गुमाएका छन्। भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार २४७, इटलीमा १७ हजार ५३३, ब्राजिलमा ५४ हजार २४७, जर्मनीमा २५ हजार ७५३, रसियामा २३ हजार ६५२, फ्रान्समा १९ हजार ८१४, कोलम्बियामा १८ हजार २२१ तथा इरानमा ६ हजार २५१ जना नयाँ संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*