सधैंका लागि ट्रम्पको ट्विटर अकाउन्ट बन्द
काठमाडौं, पुस २५ । ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गरिदिएको छ।
ट्विटरले लेखेको छ हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छ ।
यसअघि यही जनवरी ६ का दिन भने ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो।
गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक जना प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको आक्रमणपछि पनि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो।
























