नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण

पौष २६ काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन हजार ३९९ वटा पीसीआर परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या दुई लाख ६४ हजार ७८० पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या दुई लाख ५८ हजार ४४१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ सय १७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म सक्रिय संक्रमित ४ हजार ४ सय २२ जना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*