आज पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस
काठमाण्डौ पुस २७ । पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो । नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन । विक्रम संवत् १८०० भन्दा अगाडि दक्षिणतर्फ अंग्रेजी साम्राज्यबाट हिमतखण्डका धेरै राज्य हडप्न गलत नजर लगाउन थालेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह विशाल नेपालको एककीरणको महायक्षमा एक सपूत बनेर निस्के ।
विशाल नेपाल सिर्जनाको वीरताको इतिहासमा पृथ्वीनारायण शाह अजर अमर छन् । पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरदेखि टिष्टासममका हिन्दूपति सेनवंशीका राज्यहरू, पाल्पा, कास्की, चौदण्डी हुँदै पश्चिमतर्फ बाइसी, चाबीसी हुँदै कुमाउ, गडवाल, काँगडासममका हिन्दू राज्यहरूको एकीकरण गरेर यसक्षेत्रका हिन्दू राज्यहरूको अस्मिता बचाएर विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित गर्न सकेका थिए ।
त्योबेला हिमवत् खण्डका स्वतन्त्र हिन्दू राज्यहरू संकटमा थिए । हिमवत् खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न नसके तापनि पृथ्वीनारायण शाहले ५४ जति हिन्दू राज्यहरू एकीकरण गरेर बनेको उसबेलादेखि निर्माण भएको नेपाल एक हिन्दू अधिराज्य हो । हिमवत् खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न सकिन्थ्यो तर एकीकृत हुन नसक्ने मूल कारण थिए । पृथ्वीनारायण शाहको विफरको बिमारबाट ५२ वर्षमा नुवाकोटमा देशवसान हुनु र ४० वर्षको उमेरमा नै अंग्रेजी जासुसको पारामा लागेर दरबारिया षड्यन्त्रबाटै हत्या गरिनु । यसरी विदेशी षड्यन्त्रको कारणबाट नेपालको राष्ट्रियताको इतिहास रक्तरञ्जित छ ।
विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए । उता इस्टइन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृतिको नाश गराएर इसाई धर्म लाद्न हिन्दूहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अनेकांै अत्याचार फिरंगीहरूको देखेर हिमवत् खण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर हिमवत् खण्डका हिन्दूराज्यहरूलाई एकीकरण गर्ने जागृत गरायो ।
त्यसैले, नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगढ, केही हातहतियार र मुसलमान योद्धासमेत गोर्खामा ल्याएका थिए । त्यही कारणले गर्दा नेपालको एकीकरणपछि नेपालको हिन्दू र बौद्ध बीचमा धर्मकर्म नमिलेता पनि मुसलमान र हिन्दूहरू बीचमा कहिले असामञ्जस्यता आएन र हिन्दू तथा मुसलमान नेपालको राष्ट्रियताका लागि उत्तिकै बफादार छन् ।
पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, वेशभूषामा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराएर सम्पूर्ण जातिको धर्म र संस्कृतिलाई नेपाली संस्कृतिमा परिणत गराएर नेपाली भाषालाई सम्पूर्ण जातिको अन्तरजातीय भाषामा परिणत गराई अनेकतामा एकताको सूत्र गाँसेका थिए । नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । नेपालका सबै जातिहरूलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूलहरू समान रूपमा फुल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो ।
























