पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण पुष्टि

पुस २७, काठमाडौं– पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा ५१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ । संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*