भिमफेदीमा टिपर दुर्घटना हुँदा ११ जना घाइते

माघ २, हेटौँडा – भिमफेदीको कोगटेमा टिपर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

गएराती मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ७ कोगटेमा ईपा महाभीर धार्केबाट मकर संक्रान्तिको मेला भरेर फर्कनेक्रममा टिपर दुर्घटना भएको हो । बा २ ख ७६२३ नम्बरको टिपर दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

घाइते मध्य ८ जनाको उपचारपछी घर फर्किएको र तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको रानाले वताउनुभयो । टिपर अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ। टिपर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*