परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्दै
माघ २, काठमाडौं । नेपालभारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा बस्दै छ ।
बैठक हैदरावाद हाउसमा बिहान साढे ११ बजे बस्ने बताइएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्नेछन् ।
बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नयाँदिल्ली गएका थिए । बैठकमा नेपाल(भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटनलगायत विषयमा छलफल हुने बताइएको छ ।
























