कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा

 माघ २, काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेसले माघ ३ गते देशका ७५३ स्थानीय तहमा प्रदर्शन गर्ने भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने क्रममा माघ ३ गते ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने जानकारी दिए ।

यसअघि कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*