श्रीमानद्धारा श्रीमतीको हत्या गरेको शंकामा मकवानपुरगढीका गोेले पक्राउ

माघ ५, हेटौंडा । श्रीमानद्धारा श्रीमतीको हत्या गरेको शंकामा प्रहरीले उहाँका देवराज गोेलेलाई पक्राउ गरेको हो । मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा एक जना महिलाको हत्या गरेको प्रहरीले आसंका गरेको छ ।

गएराती स्थानीय ४६ वर्षकी श्रीमाया गोलेको हत्या आसंकामा प्रहरीले उहाँका श्रीमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो ।

गोलेलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको र हत्या भएको संका मात्र गरिएको उहाँले वताउनुभयो । श्रीमती श्रीमाया गोलेलाई भर्‍याङबाट खसालेर हत्या गरेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । उनीहरु आइतबार साँझ खाना खाए पछिको सुत्ने समयको बेलामा हत्या भएको हुन सक्ने स्थानीयको भनाइ रहेको छ ।

अहिले भने डिएसपी रानाको नेतृवमा प्रहरी घटनास्थलमा गएको छ । श्रीमानले श्रीमातीलाई यस अघिका समयमा पनि कुटपिट गर्ने शरिरमा चोट लिएर बस्ने गरेको स्थानियहरु बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*