लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने- प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर

५ माघ, हेटौंडा । मकवानपुर सरूवा भई आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका छन् ।

सोमबार पत्रकारहरूसंगको परिचयात्मक कार्यक्रममा उनले लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका हुन् । मकवानपुरमा हुने गाँजा र अफिम खेति नियन्त्रण गर्ने उनको भनाइ छ । उनले अपराध नियन्त्रण, शान्ति सुरक्षालाई चुस्त बनाउन सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सबैको समन्वय भए शान्ति सुरक्षाको काम सहज हुने उनको भनाइ छ ।कार्यक्रममा प्रहरी निरीक्षक अविनाश अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।उनले आइतबार नै मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् ।

इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*