सातौँ अधिवेशन बैठकका लागि कार्य परामर्श समितिको बैठक बस्दै

माघ ६, मकवानपुर । आज बागमती प्रदेश सभाको कार्य परामर्श समितिको बैठक बस्दैछ । प्रदेश सभाको भोली अर्थात माघ ७ गते बुधबार बस्ने सातौँ अधिवेशन बैठकका लागि आज दिउँसो १ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त परामर्श समितिको बैठकमा भोली हुने सातौँ बैठक अधिवेशन संचालनको लागि एजेण्डाको तर्जूमा गर्ने र मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविस्वासको प्रस्तावको विषयमा टेबुल गर्न छलफल गरिने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

कार्य परामर्श समितिको बैठक बसेर मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल पश्चात निकासका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*