प्रदेश १ नेकपाको संसदीय दलको बैठक सुरु, ३२ सांसद सहभागी

६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड–माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ । मंगलबार नै प्रदेशसभामा कांग्रेस संसदीय दलको बैठक पनि बसेको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*