पन्चकन्या माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः अधिकारी

मकवानपुर, माघ ७-  भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपा पन्चकन्या मा रहेको श्री पन्चकन्या माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः विनोद अधिकारी चएन हुनुभएको छ  ।

पुस २१ गते भएको ५९ औं अभिभावक भेलाबाट दुई जना पुरुष र दुई जना महिला गरि ४ जनालाई प्रतिनिधि चयन गरिएको थियो ।  त्यस मध्येबाट माघ ४ गते प्रतिनिधि चएन भएका जेष्ठ सदस्य जुनुमाया नगरकोटिको अध्यक्षतामा बैठक बसि बिनोद अधिकारिलाइ सर्ब-सहमति बाट विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन गरिएको हो ।

समितिको सदस्यहरुमा राजु कार्की, तिलक बहादुर लामा, सीता लामिछाने, जुनु माया नगरकोटी, प्रतिमा कार्की शिक्षक प्रतिनिधि रोहित कुमार श्रेष्ठ भिमफेदी गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नबराज अधिकारी मनोनित हुनु भएको छ । समितिको सदस्य सचिबमा विद्यालयको प्रधानाध्यापक सुरेस कुमार ठकुरी चएन गरि श्री पन्चकन्या माध्यमिक विद्यालयको ब्यबस्थापन समितिले पुर्णता पाएको  विद्यालयका सहायक  प्र.अ अमृत प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*