किसानबाट २० लाख रुपैयाँ ठगेको आरोपमा तीन पक्राउ

माघ ७– नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीन जनालाई चैनपुर प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बस्ने धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ का रमेश भनिने नरेन्द्र थापा, चैनपुर नगरपालिका वडा नम्बर ३ का चन्द्रबहादुर आलेमगर र सोही नगरपालिका वडा नम्बर ४ का मिलन भनिने सुरेन्द्र राईलाई पक्राउ गरेको हो उनीहरूलाई चार वर्षदेखि नक्कली कम्पनीको नाममा उन्नत जातको गाइपालन तथा चिस्यान केन्द्र स्थापना गरेर ठगी गरेको आरोप छ।

चैनपुर वडा नम्बर ३ र ४ का किसानलाई आर्थिक प्रलोभन देखाएर २० लाख १० हजार ठगी गरेर फरार रहेका उनीहरूलाई नेपालगञ्बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*