नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने पक्राउ
माघ ७, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने एकजना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बाराको बारागढी–५, घर भएका सुदीप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्टसहित प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
























